सर्लाही लालबन्दी नगरपालिकाका उपसचिवसहित तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं | चैत १९, २०७९

सर्लाही लालबन्दी नगरपालिकाका उपसचिवसहित तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं: उपसचिवसहित तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको  छ।

 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको लालबन्दी नगरपालिकाको शिक्षा शाखा प्रमुख (उपसचिव) बासुदेव तिमल्सिना, रामअवतार जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद बराल र श्री केश्वर गरिब जनता माध्यमिक विद्यालयका शिक्षक पाँचु रायविरूद्ध  विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

 

उजुरीका आधारमा छानविन गर्दा उपसचिव तिमल्सिना,प्राधानाध्यापक बराल शिक्षक रायले नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको पाइएकाले उनीहरूविरूद्ध  आइतबार विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

 

तीनैजनाले शिक्षक पाँचु रायलाई  केश्वर गरिब जनता माध्यमिक विद्यालयको शिक्षक अनुदान कोटामा सरूवा गर्न चलखेल गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्