सर्लाही लालबन्दी नगरपालिकाका उपसचिवसहित तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं | चैत १९, २०७९

सर्लाही लालबन्दी नगरपालिकाका उपसचिवसहित तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं: उपसचिवसहित तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको  छ।

 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको लालबन्दी नगरपालिकाको शिक्षा शाखा प्रमुख (उपसचिव) बासुदेव तिमल्सिना, रामअवतार जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद बराल र श्री केश्वर गरिब जनता माध्यमिक विद्यालयका शिक्षक पाँचु रायविरूद्ध  विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

 

उजुरीका आधारमा छानविन गर्दा उपसचिव तिमल्सिना,प्राधानाध्यापक बराल शिक्षक रायले नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको पाइएकाले उनीहरूविरूद्ध  आइतबार विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

 

तीनैजनाले शिक्षक पाँचु रायलाई  केश्वर गरिब जनता माध्यमिक विद्यालयको शिक्षक अनुदान कोटामा सरूवा गर्न चलखेल गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

पोखरा:  पोखरामा भोलिदेखि छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपक...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालयस्तरीय ...

थप पढ्नुहोस्

पोखरा:  पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन ।  प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो ...

थप पढ्नुहोस्